जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को टिकट वितरणमा चलखेल भएको भन्दै जनकपुरमा नेता कार्यकर्ताहरूले विरोध गरेका छन् ।
रास्वपा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाह बसेको होटल बाहिर नेता कार्यकर्ताहरू पुगेर अहिले विरोध गरिरहेका हुन् ।
लामिछाने र शाह एक होटलमा बसिरहेका छन् । उनीहरूले विभिन्न निर्वाचन क्षेत्रमा बाँकी उम्मेदवारलाई उक्त होटलमा बसेर टिकट वितरण गरिरहेका हुन् ।
भिडिओ हेर्न यहाँ क्लिक गर्नुहोस् ।