काठमाडौँ – दाङ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले टिकट बाँडफाँड गरेको छ।
त्यस क्षेत्रबाट टिकटका आकांक्षीमध्येका एक चर्चित पत्रकार भोजराज थापाले टिकट पाउने आंकलन गरिएको थियो। तर पार्टीले टिकट देवराज पाठकलाई प्रदान गरेको छ। पाठक यसै क्षेत्रबाट दोस्रो पटक प्रत्यक्षतर्फको उम्मेदवार बन्ने अवसर पाएका हुन्।
पार्टीका स्रोतले जनाए अनुसार टिकट निर्णय केन्द्रीय तह र क्षेत्रीय नेताहरूको छलफलपछि गरिएको हो। देवराज पाठक स्थानीय राजनीति र क्षेत्रीय जनसम्पर्कमा लामो अनुभव राख्ने नेताका रूपमा परिचित छन्।
भोजराज थापाले टिकट नपाएपछि आफ्नो राजनीतिक निर्णय के हुनेछ भन्ने विषय हाल सार्वजनिक गरिएको छैन। थापाले पार्टी छाड्नेसम्मको तयारी गरिरहेको उनीनिकट श्रोतले जानकारी दिएको छ। देवराज पाठक भने आगामी चुनावी अभियानमा सक्रिय भएर जनतासँगको घरदैलो भेटघाट सुरु गर्ने तयारीमा छन्।