काठमाडौं । बागमती प्रदेशसभा सदस्य युवराज दुलाल (शरद) ले सांसद पदबाट राजीनामा दिएका छन्। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले उनलाई सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाएको छ।
पार्टीले टिकट प्रदान गरेपछि दुलालले सभामुखसमक्ष राजीनामा बुझाएर आगामी प्रतिनिधिसभा निर्वाचनका लागि तयारी थालेका छन्। प्रतिनिधिसभाको निर्वाचन आगामी २१ फागुनमा हुँदैछ भने मनोनयन दर्ता माघ ६ गते हुनेछ।
चौतारा साँगाचोकगढी स्थायी घर भएका दुलाल यसअघि सोही क्षेत्रबाट दुई पटक बागमती प्रदेशसभा सदस्य पदमा निर्वाचित भइसकेका छन्। २०७४ र २०७९ को निर्वाचनमा सिन्धुपाल्चोक–२ (क) बाट प्रतिस्पर्धा गरी जित हासिल गरेका उनले दुई कार्यकालको ८ वर्षे प्रदेशसभाको अवधिमा अधिकांश समय सरकारमा काम गरेका थिए।