काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले पदबाट राजीनामा दिएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीले ललितपुर क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभाको टिकट दिएपछि उनले सोमबार प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राजीनामा दिएका हुन् । उनी मन्त्री हुनुअघि नेपाली कांग्रेसको क्रियाशील सदस्य थिए ।
उनले प्रधानमन्त्रीलाई सम्बोधन गर्दै दलीय राजनीतिमा सक्रिय हुनुपर्ने निष्कर्षसहित मन्त्री पदबाट अलग हुने निर्णय लिएको बताएका छन्।
राजीनामा पत्र बुझाउँदै खरेलले वर्तमान गैरराजनीतिक नागरिक सरकारको स्वतन्त्र पहिचानमा आँच नआओस् भन्ने उद्देश्यले आफूले समयमै पदबाट हट्ने निर्णय लिएको उल्लेख गरेका छन्।