काभ्रे – राष्ट्रिय स्वतन्त्र पार्टीले काभ्रे क्षेत्र नम्बर २ बाट आगामी प्रतिनिधिसभा निर्वाचनका लागि युवा नेता बदन भण्डारीलाई उम्मेदवार बनाएको छ।
फेसबुक स्ट्याटस मार्फत भण्डारीले पार्टीले आफुँमाथी देखाएको विश्वासप्रति धन्यवाद व्यक्त गरेका छन्। बदन भण्डारीले पार्टी सभापति, केन्द्रीय नेतृत्व, प्रदेश, जिल्ला, क्षेत्र, पालिका र वडा तहका सम्पूर्ण पंक्तिप्रति आभार व्यक्त गर्दै आफ्नो जिम्मेवारीप्रति पूर्ण निष्ठा र उत्तरदायित्वका साथ खरो उत्रने प्रतिबद्धता व्यक्त गरेका छन्।
उनीसँगै आकांक्षी उम्मेदवार साथीहरू पनि सक्षम र योग्य रहेको, तर निर्वाचनमा केवल एक जना उम्मेदवारले मात्रै भाग लिन सक्ने भएकाले पार्टीको निर्णयअनुसार अघि बढ्न बाध्य भएको उनले बताए। उनले आगामी अभियानमा जनताको घरदैलोमा पुग्ने योजना रहेको र पार्टीको भरोसालाई जनताको सेवामार्फत सार्थक बनाउने बताए।