काठमाडौं । नेपाली काँग्रेसका सभापती गगनकुमार थापा काठमाडौं क्षेत्र नम्बर १ बाट चुनावी मैदानमा उत्रने तयारीमा रहेका छन्। विगतमा उनी काठमाडौँ क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभाको चुनाव लड्दै आएका थिए र यस क्षेत्रबाट सफलतापूर्वक निर्वाचित भइसकेका छन्।
विश्वस्त स्रोतका अनुसार, थापाले यसपटक आफ्नो पुरानो निर्वाचन क्षेत्र छोडेर नयाँ क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिने निर्णय गर्ने तयारी गरिरहेका छन्। हालसम्म यस सम्बन्धमा कुनै औपचारिक घोषणा गरिएको छैन।
गगनकुमार थापाको यो कदम राजनीतिक विश्लेषकहरूले महत्वपूर्ण र रणनीतिक रुपमा मूल्यांकन गर्दै छन्। उनको नयाँ निर्वाचन क्षेत्र रोजाइले पार्टीभित्रै तथा मतदातामाझ सन्देश दिने उद्देश्य राखेको बताइएको छ। थापाले विगतमा नेतृत्व र संगठनको भूमिकामा सक्रियता देखाउँदै पार्टीलाई मजबुत बनाउने काममा जोड दिएका छन्।
काठमाडौँ क्षेत्र नम्बर १ बाट चुनावी प्रतिस्पर्धामा सहभागी हुँदा थापाको अनुभव, पार्टीभित्रको भूमिकाका साथै आफ्नो छवि र विश्वासलाई आधार मानेर मतदाता माझ पुग्ने प्रयास हुने विश्लेषकहरूको अनुमान छ।