काठमाडौं । रास्वपाका वरिष्ठ नेता बालेन्द्र साहले झापा-५ को प्रतिनिधिसभा सदस्यको टिकट लिएका छन् । जनकपुरमा चुनावी सभाको क्रममा रास्वपा नेतृत्व यतिखेर जनकपुरमा छन् । बालेनले त्यहीँ रविको हातबाट टिकट लिएका हुन् । आइतबार काठमाडौं महानगरपालिकाको मेयरबाट राजीनामा दिएर बालेन चुनावी मैदानमा होमिएका थिए ।