काठमाडौँ । सरकारका प्रवक्ता तथा सूचना र सञ्चारमन्त्री जगदीश खरेल राजीनामा दिने तयारी गरेका छन् । रास्वपाबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बन्ने तयारीमा रहेका उनले आज मन्त्री पदबाट राजीनामा दिने तयारी गरेका हुन् ।
स्रोतका अनुसार अहिले केहीबेरमा मन्त्री पदबाट राजीनामा दिएर प्रतिनिधिसभा सदस्यको उम्मेदवारको टिकट लिन लागेका हुन् । ललितपुर बालकुमारीका स्थायी बासिन्दा रहेका खरेलले साँझ ५ बजे पत्रकार सम्मेलन गर्दैछन् । उनी ललितपुर–२ बाट उम्मेदवारी दिने तयारी गरेको स्रोतको दाबी छ ।