काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् । उनी पोखराबाट पक्राउ परेका हुन् । प्रसाईले नेपाली काँग्रेका सभापति गगन थापाले करोडौँ रुपैयाँ खुवाएर कांग्रेसको आधिकारिकता लिएको भनि अभिव्यक्ति दिएका थिए ।
यता निर्वाचन आयोगले विवादित मेडिकल व्यवसायी प्रसाईंविरुद्ध कारबाही प्रक्रिया अगाडि बढाउन नेपाल प्रहरीको साइबर ब्युरोलाई पत्राचार गरेको थियो । आयोगका बारेमा मिथ्या तथा भ्रामक सूचना फैलाएको भन्दै आवश्यक कारबाहीका लागि आइतबार पत्र पठाइएको हो । सोही कारण उनि आज पक्राउ परेका हुन् ।