काठमाडौं । काँग्रेस सभापती गगन थापाले काठमाडौं ४ छाड्न तयार रहेको बताइएको छ। रास्वपाकी पूर्वसहमहामन्त्री एवं पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठ यस क्षेत्रबाट चुनाव लड्न तयार भएपछि गगन सो क्षेत्र छोडेर काठमाडौं १ वा सर्लाहीमा जान सक्ने बताइएको छ।
उनले सर्लाहीका नेता-कार्यकर्तासँग पनि १ वा ४ बाट उठ्न सक्ने भनी संवाद गरेका छन् । श्रेष्ठ सभापति गगन थापासहित केही नेतासँग निरन्तर संवादमा छिन्।
यद्दपी श्रेष्ठले सोमबार अपरान्ह सामाजिक सञ्जालमा एउटा भिडियो साझा गर्दै आफुँ चुनाव नलड्ने घोषणा गरेकी छन्।