काठमाडौँ । काठमाडौँ महानगरपालिकाका पूर्व प्रहरी प्रमुख राजु पाण्डे काठमाडौं–३ बाट चुनाव लड्ने पक्का भएको छ । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उनी काठमाडौँ क्षेत्र नम्बर ३ बाट उम्मेदवार बनेका हुन् ।
रास्वपाले उनलाई टिकट समेत दिइसकेको छ । मेयर बालेन शाह निकट पाण्डेले काठमाडौँ महानगरपालिकाको प्रहरी प्रमुख पदबाट राजीनामा दिइसकेका छन् ।