काठमाडौँ । टिकट नपाएपछि नेकपा एमालेका उपमहासचिव योगेश भट्टराई र नेता गोकुल बास्कोटाले अध्यक्ष केपी शर्माओलीलक्षित टिप्पणी गरेका छन् । आसन्न निर्वाचनमा भट्टराई र बास्कोटाले टिकट पाएका छैनन् । सोही अनुसार उपमहासचिव भट्टराईले आसन्न प्रतिनिधिसभा चुनावका लागि उम्मेदवार चयन गर्दा न्यायसंगत भयो कि भएन भन्नबारे समीक्षा हुनुपर्ने माग गरेका छन् ।
अध्यक्ष केपी शर्मा ओलीलाई उम्मेदवार चयनबारे प्रतिनिधिसभा चुनावपछि समीक्षा गर्नुपर्ने पनि उनले माग गरेका छन् ।उपमहासचिव भट्टराईले सोमबार एक भिडियो सन्देश जारी गर्दै टिकट वितरणबारे चुनाव पछि त्यसको समीक्षा हुनुपर्ने बताएका छन् ।
यस्तै नेता बास्कोटाले पनि टिकट वितरणमा नेतृत्वमाथि असन्तुष्टि व्यक्त गरेका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचन लड्न टिकट नपाएका बास्कोटाले पदमा बसेर आफ्नो बद्ख्वाईँ नगर्न भन्दै पार्टी अध्यक्ष केपी शर्मा ओलीलक्षित टिप्पणी गरेका छन् ।