काठमाडौँ । नेकपा एमालेले काठमाडौंका १० प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये ९ वटामा उम्मेदवार टुंगो लगाएको छ। क्षेत्र नम्बर ४ को उम्मेदवार भने अझै अन्तिम नटुंगिएको पार्टी स्रोतले जनाएको छ।
क्षेत्र नम्बर ४ एमाले सचिव राजन भट्टराई उम्मेदवार बन्दै आएको क्षेत्र हो। तर भट्टराईले यसपटक प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबन्ने सार्वजनिक रूपमा बताइसकेका छन्। उक्त क्षेत्रमा नेपाली कांग्रेसका महामन्त्री गगन थापाले लगातार तीनपटक निर्वाचन जित्दै आएका छन्।
एमाले सचिवालयका एक सदस्यका अनुसार क्षेत्र नम्बर ४ बाट बूढानीलकण्ठ नगरपालिकाका पूर्वमेयर उद्धव खरेल उम्मेदवार बन्ने सम्भावना उच्च रहेको छ। यद्यपि यसबारे औपचारिक निर्णय भने बाँकी नै छ।
त्यस्तै, क्षेत्र नम्बर ५ बाट एमालेका वरिष्ठ नेता ईश्वर पोखरेल प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्ने भएका छन्। पार्टीका नेताहरूको सल्लाह र आग्रहपछि आफू उम्मेदवार बन्न लागेको पोखरेलले बताएका छन्।
एमालेले हालसम्म टुंग्याएका काठमाडौंका प्रतिनिधिसभा उम्मेदवारहरूको सूची यसप्रकार छः
-
क्षेत्र नम्बर १: मोहन रेग्मी
-
क्षेत्र नम्बर २: मणिराम फुयाल
-
क्षेत्र नम्बर ३: रामेश्वर फुयाल
-
क्षेत्र नम्बर ५: ईश्वर पोखरेल
-
क्षेत्र नम्बर ६: अमनकुमार मास्के
-
क्षेत्र नम्बर ७: प्रकाश श्रेष्ठ
-
क्षेत्र नम्बर ८: राजेश शाक्य
-
क्षेत्र नम्बर ९: अजयक्रान्ति शाक्य
-
क्षेत्र नम्बर १०: विनोद श्रेष्ठ
क्षेत्र नम्बर ४ को उम्मेदवार टुंगिन बाँकी रहँदा काठमाडौंको निर्वाचन राजनीति थप चासोको विषय बनेको छ। पार्टीले छिट्टै औपचारिक निर्णय सार्वजनिक गर्ने तयारी गरेको स्रोतको भनाइ छ।