काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा छाडेकी सुमना श्रेष्ठ कांग्रेसको नेतृत्वसँग संवादमा जुटेकी छन् । पूर्वशिक्षा मन्त्री समेत रहेकी श्रेष्ठ गगन थापा नेतृत्वको नेपाली कांग्रेसका नेताहरूबीच संवाद भइरहेको बुझिएको छ।
मंगलबार प्रतिनिधिसभाको उम्मेदवारी दर्ता गराउनुअघि सभापति गगनसहितका नेताहरूसँग उनले पार्टी प्रवेश वा सम्भावित सहकार्यबारेमा संवाद थालेकी हुन् । गगनहरू यतिबेला कांग्रेसको उम्मेदवार छनोट रस्साकस्सीमा छन् । गगन, निवर्तमान सभापति शेरबहादुर देउवा र डा.शेखर कोइराला तीनै पक्षको सूची एक ठाउँमा राखेर अहिले उम्मेदवार तय गर्ने काम हुँदैछ ।
उनले गत भदौ २३ र २४ को जेन-जी आन्दोलनपछि सभापति रवि लामिछानेको कार्यशैलीमा तीव्र असन्तुष्टि जनाउँदै रास्वपा छाडेकी थिइन् ।त्यसपछि उनी काठमाडौं महानगरपालिकाका तत्कालीन मेयर बालेन्द्र साहको समूहसँग निकट थिइन् । उनले उज्यालो नेपालका अध्यक्ष कुलमान घिसिङसँग पनि संवाद गरेकी थिइन् ।