काठमाडौँ । नेपाली कांग्रेसका युवा नेता अबुल हुसेन अन्सारीले नेपाली कांग्रेस परित्याग गर्दै नेकपा एमालेमा प्रवेश गरेक छन् ।
लामो समय कांग्रेस राजनीतिमा सक्रिय रहेका अन्सारीले कांग्रेसभित्र बढ्दो किचलो, स्वार्थ केन्द्रित राजनीति र वैचारिक विचलनका कारण आफू निराश बनेको बताउँदै पार्टी त्याग्ने निर्णय गरेको स्पष्ट पारेका हुन् ।