काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रत्यक्षतर्फका उम्मेदवार टुंग्याउने प्रक्रिया सुरु गरेको छ । पार्टीभित्र सञ्चालन हुँदै आएको प्राथमिक निर्वाचन (प्राइमरी इलेक्सन) स्थगित गर्दै सचिवालय तहका नेताहरूको छलफलका आधारमा उम्मेदवार चयन गरिएको हो ।
सचिवालय छलफलबाट उम्मेदवार टुंगो
रास्वपाले यसपटक उम्मेदवार छनोट गर्दा सचिवालय तहमा छलफल गरी निर्णय लिएको जनाएको छ । यसअघि समानुपातिकतर्फ उम्मेदवार छान्दा प्राइमरी इलेक्सन गरिए पनि बढी मत ल्याएका आकांक्षीहरू सूचीमा तलमाथि परेपछि पार्टीभित्र असन्तुष्टि देखिएको थियो ।
उम्मेदवार सिफारिस समिति गठन
प्रत्यक्षतर्फ उम्मेदवार छनोटका लागि रास्वपाले स्वर्णिम वाग्लेको संयोजकत्वमा उम्मेदवार सिफारिस समिति गठन गरेको थियो । सो समितिले प्राप्त विवरण र आन्तरिक छलफलका आधारमा नाम सिफारिस गरेको पार्टी स्रोतको भनाइ छ ।
यसपटक पनि रास्वपाले इच्छुक आकांक्षीहरूबाट आवेदन माग गरेको थियो । आवेदन गुगल फाराममार्फत संकलन गरिएको र सोही विवरणलाई आधार मानेर उम्मेदवार छनोट गरिएको पार्टीले जनाएको छ ।
शीर्ष नेताहरूको उम्मेदवारी टुंगो
पार्टी सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन शाह र उपसभापति डीपी अर्यालको उम्मेदवारी टुंगो लागेको छ । लामिछाने चितवन–२, बालेन शाह झापा–५ र अर्याल काठमाडौं–९ बाट उम्मेदवार बन्ने भएका छन् ।
रास्वपाले सातै प्रदेशका पार्टी सभापतिलाई प्रत्यक्ष निर्वाचनमा उम्मेदवार बनाउने सैद्धान्तिक निर्णय यसअघि नै गरिसकेको जनाएको छ । सो निर्णयअनुसार थप उम्मेदवारहरूको टुंगो लगाउने प्रक्रिया अघि बढाइएको छ ।
ताप्लेजुङ– वीरेन्द्र श्रेष्ठ
झापा–१ निशा डाँगी
झापा–२ इन्दिरा रानामगर
झापा–३ प्रकाश पाठक
झापा–४ शम्भु सुस्केरा
झापा–५ बालेन शाह
मोरङ–३ गणेश कार्की
ओखलढुंगा– विश्वराज पोखरेल
उदयपुर–२ सूर्यबहादुर तामाङ
काठमाडौं–६ शिशिर खनाल
काठमाडौं–७ गणेश पराजुली
काठमाडौं–८ विराजभक्त श्रेष्ठ
काठमाडौं–९ डिपी अर्याल (डोलप्रसाद)
चितवन–१ हरि ढकाल
चितवन–२ रवि लामिछाने
चितवन–३ सोबिता गौतम
नवलपुर–१ राजन गौतम
जुम्ला– बिनिता कठायत
बाजुरा– हेमराज थापा
कञ्चनपुर–१ जनकसिंह धामी
कञ्चनपुर–२ दीपक बोहरा
कञ्चनपुर–३ ज्ञानेन्द्र महताराकैलाली–१ कोमल ज्ञवाली
कैलाली–३ लक्ष्मण थारू
कैलाली–४ हरि रेग्मी
कैलाली– ५ आनन्द चन्द
बाँके–३ खगेन्द्र सुनार
दाङ–२ विपिन आचार्य
रुपन्देही–३ डा लेखजंग थापा
कास्की–२ उत्तम पौडेल
स्याङ्जा–१ धनञ्जय रेग्मी