काठमाडौँ । नेकपा एमाले पर्सा क्षेत्र १ बाट पूर्वमन्त्री प्रदिप यादव उम्मेदवार हुने भएका छन् । यादव फागुन २१ हुने प्रतिनिधि सभा निर्वाचनमा पर्सा क्षेत्र १ बाट उम्मेदवारमा सिफारिस भएका हुन् ।
यादव जनता समाजवादी पार्टीबाट सांसद सहित मन्त्री समेत भईसकेका व्यक्ति हुन् । पछिल्लो समय अशोक राई नेतृत्वको पार्टीमा रहेका यादव खानेपानीमन्त्री, वनमन्त्री समेत रहेका थिए ।
उनि २०७५ देखि सांसद रहदैँ आएका छन् । उनले स्वास्थ तथा जनसंख्या मन्त्रालय, खानेपानी, वन तथा वातावरण मन्त्रालयको समेत जिम्मेवारी सम्हालिसकेका छन् ।