जनकपुरधाम । काठमाडौं महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका रास्वपा वरिष्ठ नेता बालेन शाह जनकपुरधाम आइपुगेका छन्।
उनी उपस्थित कार्यकर्ता र समर्थकहरूसँग संवाद गर्दै खुसी व्यक्त गरे। बालेनले भने, “जनकपुर आएर तपाईंहरूसँग भेट्न पाउँदा धेरै खुसी लागेको छ। यहाँ माया लागेको छ।” बालेन शाहले भोलि जनकपुरधाममा आयोजना हुने सम्बोधन सभाको तयारी भइरहेको जानकारी दिएका छन्।
सुरक्षा व्यवस्था र व्यवस्थापन
सभा सुरक्षित रूपमा सञ्चालन गर्न सम्बन्धित निकायसँग छलफल भइरहेको उनले बताए। उनले भने, विशेष सन्देश र आवश्यक कुराहरू भोलि हुने भेटघाट तथा सम्बोधनको क्रममा नै प्रस्तुत गरिनेछ।