विराटनगर । धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले आफ्नो पदबाट राजीनामा दिएका छन्। उनी आगामी प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवारी दिने तयारीमा रहेका छन्।
साम्पाङले आइतबारको कार्यपालिका बैठकमा उपप्रमुख ऐन्द्रविक्रम बेघालाई औपचारिक रूपमा राजीनामा पत्र बुझाएका हुन्। हर्क साम्पाङ श्रम संस्कृति पार्टीका अध्यक्ष हुन् र उनले सुनसरी क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवारी दिने घोषणा गरेका छन्।
उही बैठकमा धरान–१७ का वडाध्यक्ष सूर्यबहादुर भट्टराईले पनि राजीनामा दिएका छन्। भट्टराईलाई नेकपाले सुनसरी क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा उम्मेदवार बनाएको छ।
साम्पाङ र भट्टराई दुवैको राजीनामा पश्चात धरान उपमहानगरपालिकामा नेतृत्व परिवर्तन र निर्वाचन तयारी प्रक्रिया अघि बढेको छ।