काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईले नेपाली काँग्रेका सभापति गगन थापाले करोडौँ रुपैयाँ खुवाएर कांग्रेसको आधिकारिकता लिएको खुलासा गरेका छन् । प्रसाईले शनिबार पत्रकार सम्मेलनमार्फत गगनले ५२ करोड रुपैयाँ निर्वाचन आयोगलाई दिएर आधिकारिकता लिएको खुलासा गरेका हुन् ।
प्रसाईले निर्वाचन आयोगललाई घुस दिएर गगनले रुख र झण्डा पाएको बताएका हुन् । हिजो निर्वाचन आयोगमा पैसाको कत्रो खेल भयो यहाँ हेर्नुहुन्छ भन्दै प्रसाईले पत्रकारहरुलाई पैसाको पोको देखाएका हुन् । यता गगन थापाले भने कुनै मुख खोलेका छैनन् ।
शुक्रबार निर्वाचन आयोगले नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित सभापति थापाको नेतृत्वमा बनेको केन्द्रीय कार्यसमितिलाई आधिकारिक मान्यता दिने निर्णय गरेको थियो। कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी र अर्का एक आयुक्तले पार्टीको दुवै पक्षबाट पेस भएका विवरणको अध्ययनपछि विशेष महाधिवेशनले चयन गरेको कार्यसमिति नै आधिकारिक भएको ठहर गरेका थिए। यसैबिच यही कुरालाई लिएर नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्ष रिट निवेदन दर्ता गर्न सर्वोच्च अदालत पुगेको छ ।