काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)प्रवक्ता मनिष झालाई कहाँबाट उम्मेदवार बनाउने भन्ने बिषयमा विवाद देखिएको छ । यदपी झालाई धनुषा–३ बाट उम्मेदवार बनाउने चर्चा चलेको छ । पार्टीको आधिकारिक लिस्ट न आई सकेपनि झा धनुषा–३ बाट उम्मेदवार बन्ने रास्वपा श्रोतले जनाएको छ।
अघिल्लो पटकको निर्वाचनमा समानुपातिक सांसद झा यसपटक प्रत्यक्षको प्रतिस्पर्धी बन्न लागेका हुन् । गत निर्वाचनमा यस क्षेत्रमा एमालेबाट जुली महतोले निर्वाचन जितेकी थिइन् । नेपाली कांग्रेसबाट नेता विमलेन्द्र निधिको एक्कल नाम सिफारिस भएर आएपनी आन्तरिक द्वन्दका कारण अझै नाम फाइनल हुन सकेको छैन।