काठमाडौं । आइतबार (आज)नेपाली कांग्रेसको देउवा समूह पार्टीको आधिकारिकता दाबी गर्दै सर्वोच्च अदालत जाँदै छ । निर्वाचन आयोगले विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई आधिकारिकता दिने गरी गरेको निर्णय अवैध रहेको जिकिरसहित देउवा समूह रिट लिएर सर्वोच्च जान लागेको हो ।
यसअघि शनिबार सानेपामा बसेको सो समूहको बैठकले निर्वाचन आयोगविरूद्ध सर्वोच्च अदालत जाने निर्णय गरेको थियो । बैठकले देउवा पक्षका कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई सर्वोच्च अदालत जान अख्तियारी दिने गरी भएको निर्णयबमोजिम निर्वाचन आयोगले नवनिर्वाचित कार्यसमितिलाई मान्यता दिने गरी भएको निर्णय उल्ट्याउन माग राखेर सर्वोच्चमा रिट दर्ता हुँदै छ ।
गत पुस २७ देखि पुस ३० सम्म काठमाडौंमा सम्पन्न विशेष महाधिवेशनले गगन थापालाई सभापतिमा निर्वाचित गर्दै १३४ सदस्यीय कार्यसमिति चयन गरेको थियो । माघ ६ गते बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दिने कार्यतालिका छ ।