विराटनगर । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले कोशी प्रदेशमा ९ जनाको उम्मेदवारी टुंगो लगाएको छ ।
नेकपाका नेता हरिबोल गजुरेल सितलकुमारका अनुसार झापा ५ मा रञ्जित तामाङ, भोजपुरमा अजम्बर काङमाङ राई, ताप्लेजुङमा खेलप्रसाद बुढाथोकी र पाँचथरमा हर्कबहादुर नेम्वाङ (मिक्सो)को नाम टुंग्याइएको छ । उनीहरूलाई पार्टी अध्यक्ष प्रचण्डले टिकट हस्तान्तरण गरिसकेका छन् ।
यस्तै नेकपाले सुनसरी १ मा मनोज भट्टराई, मोरङ ४ मा अमनलाल मोदी, मोरङ ५ मा शिवकुमार मण्डल र मोरङ ३ मा डाक्टर देउमान सम्बाहाम्फेको नाममा अन्तिम टुंगो लगाएको छ ।
टिकट वितरणको काम भने आइतबार दिनभरमा सकिने गजुरेलको भनाइ छ । यस्तै झापा १ मा अशेष घिमिरेको नाम नेकपाले टुंग्याएको छ ।