काठमाडौं । काठमाडौं महानगरपालिकाको जिम्मेवारी उपमेयर सुनिता डंगोलले समाल्ने भएकी छन् ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले राजीनामा दिने अन्तिम तयारी गरेपछि महानगरको जिम्मेवारी डंगोलको काँध जान थालेको हो । मेयर शाहले सम्भवतः आज राति वा भोलिसम्ममा मेयर पदबाट राजीनामा दिन लागेका हुन्।
फागुन २१ गतेको निर्वाचनको उमेदवारी दर्ताका लागि बालेनले माघ ६ गतेअघि नै राजीनामा दिनुपर्नेछ ।
बालेन राजीनामा दिएपछि राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा (रास्वपा)को केन्द्रीय कार्यालयमा पुग्ने कार्यक्रम छ ।
त्यसपछि माघ ५ गते जनकपुरमा हुने रास्वपाको पहिलो चुनावी घोषणासभामा सभापति रवि लामिछाने र बालेन एउटै मञ्चमा देखिनेछन् ।