काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट काठमाडौं–१ मा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई प्रतिनिधिसभा निर्वाचनको उम्मेदवार बनाउने निर्णय गरिएको छ।
हिजो बसेको राप्रपाको संसदीय समिति बैठकले मिश्रको नाम फाइनल गरेको हो । मिश्र यसअघि दुई चुनावमा यही क्षेत्रबाट उम्मेदवार बनेका थिए ।
दुवै पटक उनी कांग्रेसका प्रकाशमान सिंहसँग झिनो मतले पराजित भएका थिए ।