काठमाडौं । धरान उपमहानगरपालिका प्रमुख हर्क साम्पाङ राईसंग मेयरकै पालिकाका एक वडाध्यक्ष चुनाव लड्ने भएका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा
धरान–१७ का वडाध्यक्ष सूर्यबहादुर भट्टराई (मनोज) चुनाव लड्ने तयारी गरिरहेको पाईएको छ ।
भट्टराईलाई नेपाली कम्युनिस्ट पाटी (नेकपा)बाट उम्मेदवार बनाउने तयारी छ । उनी पूर्वनेकपा माओवादी केन्द्र निकट हुन् ।
भट्टराई र श्रम संस्कृति पार्टीका अध्यक्ष समेत रहेका मेयर साम्पाङबीचको सम्बन्ध ‘टसल’ पूर्ण रहँदै आएको छ ।
भट्टराई २०७९ र २०७४ मा दुई पटक वडाध्यक्षमा चुनाव जितेका थिए । दुई कार्यकाल वडा अध्यक्ष र नगर प्रवक्ताको रूपमा उनले काम गरेका छन् । कार्यपालिका बैठकमा नगर प्रहरीलाई गिलासमा पानी सार्न लगाएपछि वडाध्यक्ष भट्टराई भाईरल भएका थिए ।