काठमाडौं – नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवा पक्षधर विघटित केन्द्रीय समिति बैठक सम्पन्न भएको छ।
शनिबार सानेपामा रहेको पार्टी केन्द्रीय कार्यालयमा बसेको उक्त बैठक केहीबेरअघि सकिएको थियो। बैठकले अघिल्लो कार्यसम्पादन समितिको निर्णयलाई अनुमोदन गर्ने निर्णय गरेको छ।
अघिल्लो कार्यसम्पादन समितिको बैठकले चुनावमा बागी उम्मेदवार, उनका प्रस्तावक र समर्थकहरूमाथि गरिएको कारबाही फिर्ता गर्ने निर्णय गरेको थियो। आजको बैठकले सो निर्णयलाई औपचारिक रूपमा अनुमोदन गरेको कुरा मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्तिमार्फत जानकारी दिएका छन्।
कांग्रेस विधानअनुसार कार्यसम्पादन समितिको निर्णय केन्द्रीय कार्यसमितिले अनुमोदन गर्नुपर्ने व्यवस्था रहेको छ। यस निर्णयसँगै कारबाही फिर्ता भएका व्यक्तिहरूको पार्टीमा रहेको पद र क्रियाशील सदस्यता यथावत कायम रहने र क्रियाशील सदस्यता नवीकरण प्रक्रियामा निरन्तरता रहनेछ।
