काठमाडौं । नेकपा एमालेले पार्टी केन्द्रीय सचिवालयको बैठक आज बस्दैछ ।
प्रचार तथा प्रकाशन विभागका संयोजक मीनबहादुर शाहीका अनुसार आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालयमा बैठक बस्ने भएको हो ।
निर्वाचन कार्यतालिका अनुसार माघ ६ गते सबै १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवार मनोनयनको कार्यक्रम भएकोले एमालेले आज उम्मेदवारको नामावलीलाई अन्तिम रूप दिने तयारी गरेको छ ।
एमालेका निर्वाचन क्षेत्रीय समन्वय कमिटी, जिल्ला कमिटी र प्रदेश कमिटीहरूले यसअघि नै उम्मेदवारको नाम सिफारिस गरिसकेका छन्। जस अनुसार अध्यक्ष केपी शर्मा ओलीसहित करिब ३५ जना नेताको नाम सर्वसम्मत सिफारिस भएको छ ।