काठमाडौं – नेपाली काँग्रेसको आधिकारिक फेसबुक पेजमार्फत शेर बहादुर देउवा समुहले सुचना जारी गरेको छ। सुचनामा कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक २०८२ माघ ३ गते (शनिबार) बस्ने जानकारी गराइएको छ।
सुचनाअनुसार पार्टीका कार्यवाहक सभापति पूर्णबहादुर खड्काको निर्देशनअनुसार बैठक बिहान ८ बजे पार्टीको केन्द्रीय कार्यालय बी.पी. स्मृति भवन, बी।पी। नगर, ललितपुर मा बस्ने तय भएको बताइएको छ।
बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य तथा सातै प्रदेश कार्यसमितिका सभापतिहरूको अनिवार्य उपस्थिति रहने जनाइएको छ।
पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी सूचनाअनुसार उक्त बैठकसम्बन्धी जानकारी नेपाली कांग्रेसको आधिकारिक सामाजिक सञ्जाल पेजमार्फत सार्वजनिक गरिएको हो।
