काठमाडौं । शेरबहादुर देउवा समुहका नेता चन्द्र भण्डारीले गगनकुमार थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा बनेको केन्द्रीय समितिलाई बधाई दिएका छन्।
सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश व्यक्त गर्दै भण्डारीले नयाँ नेतृत्वलाई समावेशी, सद्भावपूर्ण र देशकेन्द्रित बन्न आग्रह गरेका छन्।
भण्डारीले “नयाँ घर शुभ रहोस्, सबै अट्ने, सबैलाई समेट्ने ठाउँ बनोस्” भन्दै पार्टीभित्र एकता र सहकार्यको आवश्यकता औँल्याएका छन्। उनले सद्भाव र प्रेम कहिल्यै नहटोस् भन्ने कामनासहित शब्दको प्रयोग पनि मिठो र जिम्मेवार हुनुपर्नेमा जोड दिएका छन्।