काठमाडौं - निर्वाचन आयोगले नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापालाई आधिकारिकता दिएपछि, नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सामाजिक सञ्जालमार्फत उनलाई बधाइ दिएका छन्। बाँस्कोटाले सभापति थापा र उपसभापति विश्वप्रकाश शर्मालाई बधाइ दिँदै राजनीतिक निर्णयले कानुनी वैधता पाएको बताएका छन्।
उनले भनेका छन् कि “चुनौती सर्वोच्च अदालतसम्म जान सक्छ, तर सडक शान्त भए निर्वाचन हुने अपेक्षा छ।” साथै, उनले कांग्रेसलाई जनताको प्रिय पार्टीमा रूपान्तरण गर्न सुझाव पनि दिएका छन्। बाँस्कोटाले लेखेका छन्, “जे होस्, कांग्रेसलाई ‘पिपुल्स लभ्ली पार्टी’मा रूपान्तरण गर्नु होला, शुभकामना।”