जनकपुरधाम । पूर्व सांसद डा. अमरेश कुमार सिंहले राष्ट्रिय स्वतन्त्र पार्टीमा आफ्नो नयाँ राजनीतिक अध्याय सुरु गर्ने घोषणा गरेका छन्।
सिंहले सामाजिक सञ्जालमार्फत बताए अनुसार, देश र मधेशमा भइरहेको भ्रष्टाचार र कुशासनविरुद्ध आवाज उठाउनका लागि उनले नयाँ राजनीतिक कार्यक्रम अघि बढाउन लागेका छन्।
उनले मधेशका शिक्षा, स्वास्थ्य, रोजगार र भौतिक पूर्वाधारको समग्र विकासमा जोड दिने बताउँदै आम नागरिक र दिव्यदर्शीहरूलाई यस कार्यक्रममा सामेल हुन आह्वान गरेका छन्।
डा. सिंहका अनुसार नयाँ पहलले देशमा लोकतन्त्र र मधेशको हित सँगसँगै अघि बढ्ने अपेक्षा गरिएको छ।