काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले निर्वाचन आयोगको निर्णय पूर्ण रूपमा विधि र प्रक्रिया अनुसार भएको बताएका छन्।
निर्वाचन आयोगले विशेष महाधिवेशन पक्षधरलाई आधिकारिकता दिएको निर्णयपछि शर्माले फेसबुकमा लाइभ हुँदै पार्टीभित्र नयाँ अध्यायको सुरुवात भएको बताएका छन्।
उनी बोलेका छन्, “सबै अग्रज नेताहरूलाई अनुरोध गर्न चाहन्छु, विधि र प्रक्रियाअनुसार निर्णय भएको छ र यसले नयाँ कांग्रेसको शुरुवात गरेको छ। अब व्यक्तिगत आवेगलाई भुली एकताबद्ध भएर अघि बढ्नुपर्छ।”
शर्माले पार्टीभित्रको एकता कायम राख्न र विधिक प्रक्रिया अनुसार अघि बढ्न सबैलाई आह्वान गरेका छन्।