काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनसँग सम्बन्धित निर्वाचन आयोगको निर्णयविरुद्ध शेरबहादुर देउवा पक्षका कार्यकर्ताहरूले नाराबाजी गरेका छन्।
निर्वाचन आयोगले गगन थापा–विश्वप्रकाश शर्मा नेतृत्वको समूहलाई आधिकारिकता दिएको निर्णयपछि देउवा पक्षले विरोध प्रदर्शन थालेको हो। तरुण दलका अध्यक्ष विद्वान गुरुङ सहितका नेता तथा कार्यकर्ताहरूले आयोगले गरेको निर्णय खारेज गर्नुपर्ने माग राख्दै प्रदर्शनमा सहभागी भएका छन्।
उनीहरूले निर्वाचन अधिकृतको राजीनामा पनि माग गरेका छन् र पार्टीभित्रको विवाद समाधान नहुँदासम्म विरोध जारी राख्ने चेतावनी दिएका छन्।