काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभित्र कसैप्रति पक्षपात वा प्रतिशोध नगर्ने स्पष्ट पारेका छन्।
निर्वाचन आयोगले थापा नेतृत्वको समूहलाई आधिकारिकता दिएपछि पार्टीभित्र एकता कायम राख्न थापाले आफ्नो प्रतिबद्धता व्यक्त गरे। उनले भने, “हामी कसैलाई काखा–पाखा गर्दैनौं। भृकुटीमण्डपमा आयोजित विशेष महाधिवेशनमा सहभागी नहुनेहरूको लागि पनि यस्तो कुनै भावना राखिँदैन।”
थापाले टिकट वितरणको विषयलाई जित–हारको रूपमा नलिन आग्रह गर्दै सबैलाई समान व्यवहार गरिने बताए। “कसैलाई प्रतिशोध राखिने अवस्था सिर्जना हुँदैन,” उनले जोड दिए।
साथै सभापति थापाले वैशाखमै नियमित महाधिवेशन गर्ने आफ्नो प्रतिबद्धता दोहोर्याउँदै सबैलाई एकढिक्का भएर पार्टीको काममा लाग्न आह्वान गरे।