काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले नेपाली कांग्रेसको गगन थापा पक्षलाई निर्वाचन आयोगले आधिकारिकता दिने निर्णयप्रति आपत्ति जनाएका छन्। उनले यो कदम लोकतन्त्र र विधिको शासनमाथि प्रहार भएको टिप्पणी गरेका छन्।
बस्नेतका अनुसार निर्वाचन आयोगजस्तो संवैधानिक निकायमा बाह्य हस्तक्षेप देखिनु अत्यन्तै चिन्ताजनक र विडम्बनापूर्ण विषय हो। यस परिस्थितिमा लोकतन्त्र, संविधान र राष्ट्रियताका पक्षधरहरूले एकजुट भएर वैकल्पिक वा पर्यायी आन्दोलनमा उत्रिनु अपरिहार्य भएको उनले बताए।
उनले सामाजिक सञ्जालमा आफ्नो धारणा सार्वजनिक गर्दै सबै संवैधानिक र राजनीतिक शक्ति एकजुट भई लोकतान्त्रिक मूल्य संरक्षणका लागि सक्रिय हुनुपर्नेमा जोड दिएका छन्।