काठमाडौं । निर्वाचन आयोगले गगन थापा नेतृत्वको कांग्रेस कार्यसमितिलाई मान्यता दिएपछि देउवा पक्ष आक्रोशित बनेको छ । साबिक कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले आयोगको निर्णय मान्य नहुने बताए ।
पत्रकारहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले आयोगको निर्णय कुनै पनि दृष्टिकोणबाट सही नभएको टिप्पणी गरे । उनले भने, ‘आयोगले सम्पूर्ण नियम-कानून तथा पार्टीको विधानको धज्जी उडायो । यसको हामी विरोध गर्छौँ । यो निर्णय हामीलाई मान्य छैन ।’ पार्टीको आगामी रणनीतिबारे बसेर छलफल गर्ने महतले जनाएका छन् ।