काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगन थापा सहितका सबै पदाधिकारीले शुक्रबार दिउँसो निर्वाचन आयोगमा गएर चुनाव चिह्नसमेत सम्बन्धित विषयमा छलफल गर्ने तयारी गरेका छन्।
यसअघि आज बिहान कार्यवाहक सभापति पूर्णबहादुर खड्का नेतृत्वको टोलीले आयोगमा पुगेर सभापति शेरबहादुर देउवा नेतृत्वकै कांग्रेस नै आधिकारिक भएको दाबी गरेका थिए।
त्यसपछि गगन थापा पक्षका पदाधिकारी र केन्द्रीय सदस्यहरू पनि आयोगमा पुगेर आफ्नो पक्षको विषयमा छलफल गर्ने कार्यक्रम रहेको छ।