काठमाडौँ । नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहलाई निर्वाचन आयोगले विधि र पद्धति भन्दा बाहिर गएर निर्णय नहुने बताएको छ । नेपाली कांग्रेसको देउवा समूहका आयोगमा पुगेका नेताहरूसँग कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आयोगले विधि र पद्धतिभन्दा बाहिर गएर निर्णय नगर्ने बताएका हुुन् ।
‘निर्वाचन आयोगले विधि र पद्धतिभन्दा बाहिर गएर निर्णय गर्दैन,’ कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले भने, ‘संविधान, राजनीतिक दलसम्बन्धी ऐन, नियमावली र कांग्रेसको विधानअनुसार निर्णय गर्छौँ । हाम्रा नजिर र परम्परा पनि हेर्छौँ ।’
नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा नयाँ केन्द्रीय कार्यसमिति चयन भएपछि पार्टीभित्र विवाद चर्किएको छ। यसैक्रममा सभापति शेरबहादुर देउवा पक्षका नेताहरू शुक्रबार बिहान निर्वाचन आयोग पुगेका थिए।