काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री हृदयराम थानीले आगामी निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका छन् । थानी २०४८ सालदेखि लगातार सुर्खेत २ मा कांग्रेसबाट उम्मेदवार बन्दै आएका थिए। यसपटक स्वास्थ्यको कारण चुनाव नलड्ने घोषणा गरेका हुन् ।
उनले भनेका छन्, ‘म करिब २ महिनादेखि खुट्टामा देखिएको नसासम्बन्धी समस्याले गर्दा सहजपुरमा हिँडडुल गर्न समेत सकिरहेको छैन । डाक्टरको सल्लाह बमोजिम हाल घरमै फिजियोथेरापिष्टको सहयोगमा उपचार गरिरहेको छु । तसर्थ, मेरो प्रतिकूल स्वास्थ्य अवस्थाको कारण यही माग ६ गते रहेको मनोनयन दर्तामा समेत उपस्थित र तत्पश्चात् सक्रिय हुन नसक्ने परिस्थिति देखिएकोले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा उम्मेदवार नबन्ने निर्णय लिएको छु ।’
