काठमाडौँ – विशेष महाधिवेशन पक्षधरहरूले पार्टी कार्यालय नियन्त्रणमा लिनसक्ने आशंका गर्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निकट तरुण दलका युवाहरू सानेपास्थित केन्द्रीय कार्यालय वरिपरि तैनाथ भएका छन्।
महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मा र सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई पार्टीले कारबाही गरेपछि अवस्था तनावपूर्ण बनेको छ। त्यसपछि तरुण दल अध्यक्ष विद्वान गुरूङको नेतृत्वमा युवाहरू कार्यालयमा बसेर निगरानी गरिरहेका छन्।
पार्टी कार्यालयमा सुरक्षाकर्मी पनि परिचालन गरिएको छ