काठमाडौं - नेपाली कम्युनिस्ट पार्टीका संयोजक प्रचण्डले निर्वाचनको स्वार्थ देखाएर भएका एकताको कुनै महत्व नहुने बताएका छन्।
बुधबार काठमाडौंमा सुमन सायमीको नेतृत्वमा रहेको राष्ट्रिय मुक्ति पार्टी नेपालको एकता पक्षधर समूहसंगको पार्टी समायोजन कार्यक्रममा प्रचण्डले निर्वाचनको स्वार्थ देखाएर पदका लागि बिचार नमिल्नेसंग एकता गर्ने क्रम नेपालमा देखिएको भन्दै त्यस्ता एकताको कुनै महत्व नहुने बताएका छन्। उनले सुमन सायमी नेतृत्वको समूहसंग समायोजन भएसंगै अव काठमाडौं उपत्यकामा नेकपाले चूनाव जित्ने आधार पूर्णतातर्फ गएको बताए। उनले अव ठूला–ठूला सभाहरु भन्दा पनि जनताको घरमा गएर उनीहरुको गुनासो सुन्नुपर्ने धारणा राखे।
उनले पुराना गल्तीबाट सिकेर आत्मसमीक्षा र आत्मआलोचना अब नयाँ ढङ्गले अगाडि पार्टीलाई अगाडी बढाउन चाहेको उल्लेख गरे।
त्यस्तै नेकपाका सहसंयोजक माधव कुमार नेपालले आफुहरु बिभिन्न समयमा सरकारमा रहदा भएका राम्रा कामको प्रचार गर्दै कमीकमजोरीको समेत जिम्मा लिएर जनतामाझ जाने बताएउनले पार्टी सामूहिकतामा विश्वास गर्ने भएकाले कसैले पनि पार्टीमा एक्लोपन महशुस गर्न नपर्ने धारणा राखे। नेता नेपालले नेपाली जनताको आशा भरोसाको केन्द्रको रूपमा पार्टीलाई स्थापीत गर्न एकताबद्ध भएर लाग्नुपर्ने उल्लेख गरे।
त्यस्तै नेकपामा प्रवेश गरेका नेता सुमन सायमीले केही पुराना तथा नयाँ पात्रहरूको घमण्ड र आत्ममुण्डताका कारण नेकपासंगको एकता गर्ने ठाँउमा आइपुगेको बताए। उनले सडकबाट मात्रै नभइ सदनबाट पनि जनताका समस्या तथा माग मुद्दाहरुलाई सम्बोधन गर्न दवाव दिइने बताए।
सायमीले क्षैणिक स्टन्टबाजीमा नझुक्कीन कार्यकर्तालाई आग्र गर्दै कहिलेकाहीँ नयाँ आउने कुरा पुराना भन्दा झनै खतरनाक पनि हुन सक्ने र भिड सधैँ सही नहुने तर्क गरे।