काठमाडौं। उज्यालो नेपाल पार्टी (उनेपा) का अध्यक्ष कुलमान घिसिङले आफ्नो पार्टी कुनै पनि अन्य पार्टीसँग एकीकरण नगरी स्वतन्त्र रूपमा आफ्नो नीति, सिद्धान्त र कार्यक्रमका आधारमा अघि बढ्ने स्पष्ट पारेका छन्।
सामाजिक सञ्जालमा उज्यालो नेपाल पार्टी र घिसिङको नाम जोडेर नेपाली कम्युनिस्ट पार्टी लगायतसँग एकीकरण हुन लागेको भन्ने हल्ला फैलिएको थियो। यसबारे प्रतिक्रिया दिँदै घिसिङले भने,
“विभिन्न सामाजिक सञ्जालमा मेरो नाम र पार्टी जोडेर अन्य पार्टीसँग एकीकरण हुने भनिएको समाचार पूर्ण रूपमा भ्रामक र असत्य हो।”
उनले भविष्यमा पनि पार्टी स्वतन्त्र रूपमा आफ्नै मार्गमा अघि बढ्ने जानकारी दिएका छन् र जनता तथा सदस्यहरूलाई “निराधार र भ्रम फैलाउने समाचारमा विश्वास नगर्नुहोस्” भनी अनुरोध गरेका छन्।