काठमाडौँ । नेपाली कांग्रेसको जारी विशेष महाधिवेशन निवार्चनको तर्फ अग्रसर भएको छ । मनोनयन दर्ता अनुसार सभापति पदका लागि गगन थापाको उम्मेदवारी परेको छ। बिहान ११ बजे सकिएको मनोनयन अनुसार सभापति पदका लागि गगन थापाको एकल नाम उम्मेदवारी परेको हो ।
त्यस्तै, महामन्त्रीका लागि विश्वप्रकाश शर्मा र प्रदीप पौडेलको मात्रै उम्मेदवारी परेको छ। सहमहामन्त्रीका लागि बहादुरसिंह लामाले उम्मेदवारी दिएका छन्। कांग्रेसमा ८ जना सहमहामन्त्री रहनेछन्। कुन-कुन पदमा क-कसले उम्मेदवारी दिएको भन्ने बारेमा निर्वाचन समितिले दिउँसो १ बजे सार्वजनिक गर्नेछ ।