काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल सकेर महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा बाहिरिएका छन् ।
निर्णायक छलफलका लागि देउवा निवासमा पुगेका उनीहरू छलफल सकेर भर्खरै बाहिरिएका हुन् ।
वार्तामा कुनै सहमति नभएको छलफलमा सहभागी एक नेताले बताए । दुवै पक्षले आ-आफ्ना अडान यथावत् राखेपछि वार्ता निष्कर्षविहीन बनेको हो ।
विशेष महाधिवेशनमा नयाँ नेतृत्व चुन्न निर्वाचन प्रक्रिया अघि बढिरहेका बेला विवाद समाधानका लागि महामन्त्रीद्वय र सभापति देउवाबीच भेटवार्ता भएको थियो ।