काठमाडौं । नेपाली कांग्रेसको जारी विशेष महाधिवेशनले पार्टी महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माद्वारा प्रस्तुत राजनीतिक तथा साङ्गठनिक प्रतिवेदन पारित गरेको छ।
मंगलबार भृकुटीमण्डपमा चलेको बन्दसत्रले प्रतिनिधिहरूको छलफल र सुझावपछि दुवै प्रतिवेदनलाई अनुमोदन गरेको हो। यसअघि सोमबारको सत्रमा महामन्त्री थापाले विशेष महाधिवेशनको राजनीतिक प्रतिवेदन पेस गरेका थिए भने अर्का महामन्त्री शर्माले साङ्गठनिक प्रतिवेदन प्रस्तुत गरेका थिए।
हलबाट आएका सुझावहरूलाई समेट्दै प्रतिवेदन पारित भएको घोषणा कार्यक्रममा गरिएको थियो।
यी दुई दस्तावेज पारित भएसँगै विशेष महाधिवेशनको बन्दसत्र समापन गरिएको छ। अब महाधिवेशनको ध्यान निर्वाचन प्रक्रियातर्फ केन्द्रित भएको छ।
महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि तय गरिएको मतदान प्रक्रिया बुधबारसम्मका लागि स्थगित गरिएको छ ।