काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि तय गरिएको मतदान प्रक्रिया बुधबारसम्मका लागि स्थगित गरिएको छ ।
समय अभावका कारण मंगलबार राति मतदान गराउने तयारी भए पनि मनोनयन दर्ता बाहेकका सम्पूर्ण निर्वाचन कार्यक्रम भोलिका लागि सारिएको निर्वाचन समितिले जनाएको छ।
निर्वाचन समितिका अनुसार उम्मेदवारहरूको मनोनयन दर्ता मंगलबार साँझ ७:३० बजेसम्म गरिनेछ। आइतबारदेखि काठमाडौंको भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि तीव्र रस्साकस्सी चलिरहेको छ। नेतृत्व चयन प्रक्रियालाई लिएर पक्ष–विपक्षबीच संवाद, सहमति र रणनीतिक छलफल जारी रहेका छन्।