काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व उर्जामन्त्री दीपक खड्काले पार्टी छाड्ने नेताहरूलाई निस्कासन गरिने संकेत दिएका छन्।
सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा डाकिएको केन्द्रीय समितिको बैठकमा भाग लिँदै खड्काले पत्रकारहरूसँगको कुराकानीमा विशेष महाधिवेशन पक्षधर र संस्थापन पक्षबीच वार्ता चलिरहेको जानकारी दिएका छन्।
उनका अनुसार केन्द्रीय समिति बैठक अझै सुरु हुन सकेको छैन, तर शीर्ष तहका नेताहरू विवाद मिलाउन सक्रिय छन्। खड्काले भने, “प्रक्रिया विधानअनुसार हुनेछ। वार्ता चलिरहेकै छ।”
बैठकमा कतिपय नेताहरूले आजै विशेष महाधिवेशन पक्षलाई कारवाही गर्नुपर्ने बताएका थिए। तर खड्काले निर्णय “परिघटनाले तय गर्ने” बताएका छन्।