काठमाडौँ । विभिन्न राजनीतिक दलका १६४ समानुपातिक उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। निर्वाचन आयोगले फिर्ता लिएका उम्मेदवारको ठाउँमा नयाँ नाम पठाउन सम्बन्धित दललाई निर्देशन दिएको छ।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ७८ जना, जनता समाजवादी पार्टी (जसपा) २१ जना, जनमत पार्टी २० जना, राष्ट्रिय प्रजातन्त्र पार्टी १२ जना, जनादेश पार्टी नेपाल ६ जना, नेकपा एमालेस् ५ जना, नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ४ जना, राष्ट्र निर्माण दल नेपाल ४ जना अन्य साना दलहरू प्रत्येक १–२ जना लोसपा र जसपा बीचको एकताको कारण, लोसपाका केही उम्मेदवार जसपाको सूचीमा समावेश गरिएको छ। निर्वाचन आयोगले नयाँ उम्मेदवारसहित माघ ४ गते बन्दसूची प्रकाशित गर्नेछ। दाबी विरोधको समय माघ ५–१० सम्म रहनेछ। उजुरीको अध्ययन माघ ११–१७ र आवश्यक परे माघ १९ मा सूचना प्रकाशित गरिनेछ। अन्तिम समानुपातिक सूची माघ २० मा सार्वजनिक हुनेछ। प्रतिनिधिसभा सदस्य निर्वाचन फागुन २१ मा हुँदैछ। २७५ सदस्यीय प्रतिनिधिसभामा समानुपातिकबाट ११० जना, प्रत्यक्षबाट १६५ जना निर्वाचित हुनेछन्। प्रत्यक्ष निर्वाचनका मनोनयन माघ ६ बाट दर्ता हुनेछ।