काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको दोस्रो विशेष महाधिवेशनमा समसामयिक राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन्। प्रतिवेदनमा थापाले पार्टीको हालको अवस्था, राजनीतिक चुनौती र आगामी रणनीतिबारे स्पष्ट धारणा राखेका छन्।
उनले संगठन सुदृढीकरण, आन्तरिक लोकतन्त्र मजबुत बनाउने र जनतासँगको विश्वास पुनःस्थापना गर्न कांग्रेसले नयाँ ढंगले अघि बढ्नुपर्ने आवश्यकता औंल्याएका छन्।